Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

कोरोना कहर, चुनौती र अवसर अनि हाम्रो राजनीतिक संस्कार !

हाम्रो राजनीतिक संस्कारः, कोरोनाले सिकाएको सकारात्मक पक्ष

ज्ञानबिज्ञान लाई चुनौती दिदै भयौ शक्तिशाली !

तिम्रै राज जताततै तिम्रै हालिमुहाली !!

सन् २०१९ को अन्तमा चिनको वुहान राज्यबाट सुरु भएको नयाँ  प्रजातिको कोरोना भाइरसले विश्वभरिनै महामारी को रुपमा मानवजातिलाई जिविकोपार्जनका कामकाज समेत ठप्प पारी त्रासमय वातारणमा घरभित्रै थुनिएर बस्न बाध्य बनाएको छ। जसले मानव जातिमा संकट मात्रै आइपरेन, जबकी करोडौं करोडमा संक्रमण र लाखौं लाखले दुखद् मृत्यु वरण गर्नुपर्यो।

यसको असरले नेपाल पनि अछुतो रहेन, बिस्तारै संक्रमण फैलिदै गयो र मृत्युको केशहरु पनि आउन थाले। यसलाई फैलनबाट रोक्न नेपालले पनि वि.सं. २०७७ चैत्र ११ गतेबाट देशब्यापी लकडाउन घोषणा गरि सबै क्षेत्र ठप्प बनायो।

त्यसै बखतमा आर्थिक संकट र सम्पुर्ण क्षेत्रहरू बन्दाबन्दिको प्रभावले कैयौं को हातमुख जोड्न ठूलो समस्या भयो । बिस्तारै कोरोना रोकथाम हुँदै सबै क्षेत्रहरू खुल्न थाले कोरोना नियन्त्रणमा आउन थाले यधपी यसको खुशियाली साटासाट गर्न नपाउदै नयाँ भेरियन्ट सहितको दोश्रो लहरले नेपालमा दैनिक हजारौं संक्रमण देख्न थालियो भने दैनिक सयौं ले दुःखद मृत्युवरण गर्न पर्यो।

तत्पश्चात २०७८ बैशाख १६ गतेदेखि नेपालमा अनिश्चित कालिन दोश्रो चरणको लकडाउन  घोषणा गरियो। हाल कोरोना फैलिनबाट जोगिन मात्रै नभई देशको अर्थतन्त्रमा परेको असर र जनताको जिउज्यानको सुरक्षामा समेत ठुलो चुनौती देखा परेको छ।

यस विषम परिस्थितिमा सुन्दर पर्यटकीय गन्तव्य गाउँ दोरम्बा पनि अछुतो रहन सकेन। पछिल्लो समय दोरम्बामा पनि संक्रमित हुनेको संख्या बडिरहेको छ भने कतिले दुःखद देहत्याग समेत गर्नुपरेको छ। थप कोरोना फैलावट बाट रोक्नका लागि दोरम्बा गाउँपालिकाले अतिआबश्यक बाहेक सेवा बन्द हुने गरि निशेधाज्ञा जारी गरिनुको साथै जनचेतना मुलक कार्यक्रमहरु अघि सारेका छन्। टोलटोलमा नमुना स्वाब संकलन गरि पीसीआरको दायरा फराकिलो बनाएका छन् ।

दोरम्बा गाउँपालिकाले दोरम्बा प्राथमिक अस्पतालमा अक्सिजन सहितको ३० बेड क्षमताको आइशोलेसन निर्माणसँगै हरेक वडमा आइशोलेसन बेडहरु निर्माण गरेका छन आवश्यकता अनुसार थप गर्न सक्छन !

हाम्रो राजनीतिक संस्कारः

यस्ता महामारीको बेला मानिसलाई आफ्नो ज्यान जोगाउने विषय पहिलो प्राथमिकतामा पर्छ ! यद्यपि दोरम्बा गाउँपालिकाको अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीहरु र कर्मचारीहरु अहोरात्र जनताको सुरक्षा को निम्ति खटिरहेकै बखत गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्ष हराएको सूचना कालोचश्माधारी एक बुद्धिजीवीले अमेरिकाबाट टासिन्छ त कैले भरपुर स्वास्थ्य सामाग्री सहित टोलटोलमा एम्बुलेन्स पुग्दासमेत एम्बुलेन्स खै ? स्वास्थ्य सामाग्री खै ? भन्दै एक डलरधारी सामाजिक अभियन्ता, राजनितिकर्मी भनि घमण्ड गरेकैहरुबाट प्रश्न उठ्छ ? यी सबै हाम्रा गलत राजनीतिक संस्कारहरु हुन् ।  यस्तो विषम परिस्थितिमा काम गर्नेहरुप्रति नमन गर्दै साथ सहयोग गर्दा आफ्नो भलो,अरुको भलो, सर्बजगतको भलो निश्चित छ।

कोरोनाले सिकाएको सकारात्मक पक्ष

यस महामारी ले विनासँगै चल्दै आएका मानवीय क्रियाकलापलाई चिन्तन मनन गर्दै व्यापक सकारात्मक परिमार्जन गर्ने स्वर्निम अवसरको समेत सिर्जना गरेको छ ! बर्षौसम्म तिक्तता रहेका सम्बन्ध लाई नयाँ उचाईको सुमधुर सम्बन्धमा परिणत गरिदिएका छन् थुप्रै सु-संस्कारहरु जन्माएका छ्न ! अझ खासगरी बर्षौदेखी जन्मभुमि नपुगेकालाई आमाबुबाको न्यानो काखसम्म पुर्याएका छन् आफ्ना पुर्ख्यौली कुनाकन्दरा अनि र बस्तिबस्ती पुर्याएका छन्।

थुप्रै सम्भावना बोकि वर्षौदेखी बाँझो रहेका गैरिखेतहरुमा आलु गोलभेडा फल्न थालेका छन् । विद्यमान आर्थिक र सामाजिक संकटबाट उठ्न यस महामारीले सिर्जित चुनौतीलाई अवसरका रुपमा बदल्न सकौँ।

कोरोनाबाट आफू बचौँ ! अरुलाई बचाऔँ !!

धन्यवाद !

रन्जित मोक्तान

निर्वाचित वडा सदस्य दोरम्बा -२ रामेछाप

WRITE COMMENTS FOR THIS ARTICLE