Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

महिला टोली दोस्रो स्थान बोकी स्वदेश फिर्ता

काठमाडौं –एएफसी यु–१९ च्याम्पीयनसिप छनोटमा दोस्रो स्थान हासिल गरेर नेपाली टोली सोमबार साँझ काठमाडौँ आइपुगेको छ । थाइलेन्डमा भएको पहिलो सहभागितामै दोस्रो चरणको सिडी चढेको नेपालले समूहका तीन खेलमध्ये दुई जित र एक हारको नतिजा निकालेको थियो ।

अन्तिम खेलमा पाकिस्तानलाईृ ९–० को फराकिलो अन्तरमा हराएको नेपालले छिमेकी भारतमाथि २–० को जित निकालेको थियो । आयोजक थाइल्यान्डसँग भने नेपाली टोली ३–० को नतिजामा समेटीएको थियो ।

नेपालले अब अप्रिलमा थाइल्याण्डमा दोस्रो चरणको खेल खेल्नेछ । २७ राष्ट्र सहभागि छनोटबाट ८ टोली दोस्रो चरणका लागि छनोट भएका छन् । पहिलो चरणको छनोटअन्तर्गत सबै ६ समूहबाट विजेता तथा उत्कृष्ट दुई उपविजेता दोस्रो चरणको छनोटलाई छानिने प्रावधानअनुसार समुह ‘ए’ बाट अष्ट्रेलिया, ‘सी’ बाट उज्वेकिस्तान, ‘डी’ बाट दक्षिण कोरिया, ‘इ’ बाट भियतनाम तथा ‘एफ’बाट इरान सोझै छानिए । समूह ‘बी’ को विजेता थाइल्यान्डले अन्तिम चरणको आयोजक भएका नाताले दोस्रो चरण खेल्नु नपर्दा उपविजेता भए पनि नेपाल छनोट भयो । यसैगरी उत्कृष्ट उपविजेताका रुपमा समूह ‘ए’ बाट लेबनान तथा समूह ‘एफ’ बाट म्यानमार छनोट भए ।

दोस्रो चरणको छनोट प्रतियोगिता अप्रिल २२  देखी थाइल्याण्डमै हुनेछ । जसमा पहिलो चरणबाट छानिएका ८ टोलीले दुई समुहमा बिभाजित भएर एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष दुई/दुई टोली अन्तिम चरणलाई छानिनेछन् । आठ टोलीको सहभागितामा हुने अन्तिम चरणका लागि थाइल्यान्डले आयोजक तथा गतवर्ष सम्पन्न पछिल्लो संस्करणको शीर्ष तीन स्थानमा रहने जापान, उत्तर कोरिया र चिन पनि स्वत छनोट भएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE