Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

डा. बाबुराम भट्टराई दम्पत्तिमा कोरोना संक्रमण पुष्टि

८ कात्तिक
काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र उहाँको श्रीमति हिसिला यमीलाई कोरोना पुष्टि भएको छ ।
केहीदिन अघिमात्र मधेशका जिललाहरुको भ्रमण गरेर फर्किएका दम्पत्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफू र श्रीमति हिसिलामा कोरोना पुष्टि भएको छ, भट्टराईले सामाजिक सञ्जालमा लेखनुभएको छ ।

चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बसेको डा. भट्टराईले जानकारी दिनुभयो । भट्टराई दम्पत्ति मधेशमा पार्टी प्रवेश लगायत विभिन्न कार्यक्रममा सहभागी भएर हालै मात्र काठमाडौँ फर्किनु भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE