Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

अमेरिकी प्रतिनिधि सभाले पास गर्‍यो ट्रम्पमाथि विरोधको प्रस्ताव

एजेन्सी  – चार महिला सांसदमाथि जातीवादी टिप्पणीपछि अमेरिकाको प्रतिनिधी सभाले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विरोध प्रस्ताव पारित गरेको छ ।  प्रस्तावमा ट्रम्पको टिप्पणीलाई जातीवादी बताउँदै यसले नयाँ अमेरिकीहरुप्रति भय र घृणालाई वैध गरेको बताइएको छ ।

१ सय ८७ डेमोक्रेटिक सदस्य भएको प्रतिनिधी सभामा यो प्रस्ताव २ सय ४० भोटले पास भयो। यसमा रिपब्लिकनहरुले समेत यसमा समर्थन जनाएका छन्। अमेरिकाका राष्ट्रपति ट्रम्पले चार महिला सांसदमाथि गरिएको ट्वीटर हमलाको व्यापक आलोचना भइरहेको छ, मानिसहरुले ट्रम्पलाई जातीवादीको संज्ञा दिइरहेका छन् ।

राष्ट्रपति ट्रम्पले आफू कुनै पनि हालतमा जातीवादी नभएको कुरा दोहो¥याउँदै आएका छन्। ट्रम्पले चार महिला सांसदलाई अमेरिका छाड्न सल्लाह दिएका थिए । उनीहरु अमेरिकी नागरिक नै थिए । आफ्नोविरुद्ध आलोचना बढ्दै गएपछि आफ्नो बचाउ गर्दै आफुले गरेको ट्वीट जातीवादी नभएको तथा जातीवादको आफुले समर्थन नगर्ने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE