Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

ठूलो परिमाणको गाँजासहित गाडी नियन्त्रणमा

ठूलो परिमाणको गाँजासहित गाडी नियन्त्रणमा

२४ असार, काठमाडौं– प्रहरीले करीब १२१ किलो अवैद्य लागुऔषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।

हेटौँडा उपमहानगरपालिका–५ स्थित रिलायन्स आवासीय माध्यामिक विद्यालय नजिक गस्तीमा गएको प्रहरीको गाडीलाई देख्नासाथ प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको बोलेरो पिकअप गाडीका चालक आज बिहान गाडी छोडेर भागेका थिए ।

शङ्का लागेर प्रहरीले जाँच गर्दा गाडीमा लुकाइछिपाइ राखेको अवस्थामा १२० किलो ९०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फरार रहेका चालकको खोजीकार्य तीव्र पारिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE