Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रथम दोरम्बा राष्ट्रपति रनिङ शिल्ड महिला भलिबलको उपाधि काकलिङ माविलाई

  • सिंहराज योञ्जन

४ चैत, रामेछाप-प्रथम दोरम्बा राष्ट्रपति रनिङ शिल्डमा आज दोस्रो दिन भएको महिला तर्फको भलिबल खेलको उपाधि काकलिङ माविले हात पारेको छ । दोरम्बा गाउँपालिका-२ को काकलिङ माविले प्रतिद्धन्दी सुर्के देउराली मावि दोरम्बा १ लाई पराजित गरेको हो ।

काकलिङ माविको घरेलु मैदानमा भएको खेलको पहिलो सेटमा २५–१०, दोस्रो सेटमा २५–९ ले सुर्के देउरालि मावि पराजित भएको हो । पराजित सुर्के देउराली मा.वि. दोरम्बा- १ ले दोस्रो स्थान हाँसिल गरेको छ । कालिका माविलाई पराजित गरि कण्ठेश्वर मा.वि. दोरम्बा ३ ले तेस्रो स्थान हासिल गरेको छ ।


यता पुरुष तर्फको आज भएको समुह चरणको खेलमा सेतिदेवी मावि दोरम्बा ५ ले कण्ठेश्वर मावि दोरम्बा ३ लाई पराजित गरेको छ । सुर्के देउराली मावि दोरम्बा १ लाई पराजित गरेको छ भने सेतिदेवी मावि दोरम्बा ५ ले भिमेश्वर मा.वि. दोरम्बा ७ लाई पराजित गरेको छ । त्यस्तै घरेलु टिम काकलिङ मा.वि. दोरम्बा २ ले कालिका मावि दोरम्बा ६ लाई पराजित गरेको छ । पुरुष तर्फका बाँकी खेल भोलि चैत्र ५ गते हुने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE