Date
आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

खन्तीले भुँडीमा हानी हत्या

१७ चैत्र
सुनसरी –
इटहरी उपमहानगरपालिका-२ का ५५ वर्षीय जीवन रेग्मीले सोही स्थानका ५० वर्षीय केशव कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी हत्या गरेका छन्।

सोमबार दिउँसो साढे १ बजे रेग्मीले पहिलाको विवादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी गम्भीर घाइते बनाएका थिए। घाइते कार्कीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

फरार रहेका रेग्मीलाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ

WRITE COMMENTS FOR THIS ARTICLE