Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सुनको भाउ तोलामा ५ सयले घट्यो

१० बैशाख, काठमाडौँ –  लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ । आज सुनको भाउ तोलामा  ५ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलाको १५ रुपैँयाले घटेको छ । आज चाँदी प्रतितोला १३ सय २० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE