Date
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023

अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन: प्रधानमन्त्री दाहाल

१२ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्रीमाथि नै अनुसन्धान गर्नु पर्ने भए पनि छोड्न आवश्यक नभएको बताएका छन् ।

मंगलबार संघीय संसद्मा भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका दाबी समेत गरे ।

प्रधानमन्त्री दाहालले दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा परेको जिकिर गरे । उनले कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम नगरेको स्पष्ट पारे ।

दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर आफूले भनेको भन्दै दाहालले भने, ‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा ।’

आफ्नो या पराय भनेर विभेद नगरेको भन्दै उनले सबै भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE