नेवानिको जहाज कोरोना खोप लिन चीन जाँदै
नेवानिको जहाज कोरोना खोप लिन चीन जाँदै
२४ असार, काठमाडौं– नेपाल वायुसेवा निगमाको जहाज आज साँझ खोप लिनका लागि चीन जाँदैछ ।
निगमाको बाइडबडी ए–३३० जहाज ‘भेरोसेल’ खोप आज चीनको बेइजिङ जान लागेको हो ।
निगमको जहाजले आज बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
निगमको जहाज बिहीबार साँझ चीन प्रस्थान गर्ने स्वास्थ्य मन्त्रालय स्रोतले बतायो । जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याइपुर्याउने छ ।
यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।
यद्यपि हाल खोप काति मात्रामा आउने भन्ने यकिन नभएको मन्त्रालयका प्रवक्त पौडेलले बताए ।
खोपको मात्रा आइसकेपछि ६० वर्षमुनि उमेरसमूहकाका खोप दिने मन्त्रालयको तयारी छ ।
सरकारले जी–टू–जी प्रक्रियामार्फत चीनको सिनोफार्म कम्पनीसँग खोप खरिदको सम्झौता गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE