Date
आइत, माघ ६, २०८१
Sun, January 19, 2025

त्यो मान्छे छिटै आउदै छ है

२२ पुस काठमाडोँ-भुपेन्द्रबहादुर भण्डारी (अनुराग)को डेव्यू निर्देशनमा निर्मित त्यो मान्छे… बोलको म्युजिक भिडियो अर्को साता रिलिज हुने भएको छ । जनसवाल मिडिया प्रालिको उत्पादन उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याउन लागेको हो । नयनसिंह क्षेत्रीका शब्दलाई नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले स्वर भरेका हुन् ।

भिम विसीले संगीत भरेको गीतमा राज भण्डारी र सविना राउतको मुख्य भुमिका रहेको छ भने, भुपेन्द्रबहादुर भण्डारी, दृष्टि केसी लगायतको अभिनय रहेको छ ।

नव निर्देशक भुपेन्द्रबहादुर भण्डारीको सांगितिक कथाबस्तुले यो म्युजिक भिडियोको मर्मलाई न्याए दिएको निर्माता कृष्णा चौलागाईले बताइन् । उनले यस म्युजिक भिडियोमा कलाकारहरु नयाँ भएपनि उनीहरुको अभिनय वर्षौँ देखी यस क्षेत्रमा काम गर्नेहरु भन्दा कम नभएको दावी गरिन । त्यो मान्छेलाई सवाल मिडियाको युटुब च्यानलमा हेर्न सक्ने छौँ ।

WRITE COMMENTS FOR THIS ARTICLE