एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई पठाउने सर्वोच्च अदालत बारको निर्णय
१ असार, काठमाडौँ – सर्वोच्च अदालत बार एसोसिएसनले एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाश केसीलाई पठाउने निर्णय गरेको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनको मंगलबारको बैठकले वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई एमीकस क्युरीका लागि सर्वसम्मतिले चयन गरेको हो ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार एसोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्तालाई एमीकस क्युरी झिकाउने आदेश गरेको थियो ।
उक्त मुद्दामा नेपाल बारका तर्फबाट पनि दुई जना एमिकस क्युरी माग्ने संवैधानिक इजलासले निर्णय गरेको छ । तर नेपाल बारबाट नाम टुंगो लागेको छैन् ।
संवैधानिक इजलासमा उक्त मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुनेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE