Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

कोभिडमा सबैभन्दा बढी भ्रष्टाचार भएको छ : देउवा

३१ भद्र
काठमाडौं – सरकारले मास्क खरिदमा समेत भ्रष्टाचार गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले साताव्यापी कार्यक्रम अन्तर्गत प्रदेश नम्बर ५ का नेता कार्यकर्ताहरुसँग गरेको भर्चुअल बैठकमा बोल्दै सभापति देउवाले सरकारलाई कोभिड–१९ रोकथाम र नियन्त्रणमा कुनै मतलब नभएको बताउनु भयो ।

सरकारलाई मतलब छैन । पीसीआर परीक्षण गरेको छैन । कोभिडमा सबैभन्दा बढी भ्रष्टाचार भएको छ, औषधी, उपकरण खरिददेखि लिएर मास्क किन्ने काममा पनि भ्रष्टाचार भएको छ ।’ सभापति देउवाले भन्नुभयो ।

सरकारले सातवटै प्रदेशमा कोभिड अस्पताल स्थापना गर्नुपर्ने र त्यसका लागि आवाज उठाउनुपर्ने समेत बताउनुभयो । हाल कोभिड भनै डरलाग्दो रुपले देशभरी फैलिदै गरेको र यसलाई नियन्त्रण र रोकथाममा सरकारले निर्वाह गर्नु पर्ने भुमिकामा चासो नदेखाएको बताउनुभयो ।

उहाँले पार्टीका नेता कार्यकर्ताहरुलाई आफू पनि सचेत रहन र देशभर जनतालाई पनि सचेत गराउन निर्देशन दिनुभयो । सभापति देउवाले कोरोनाको विषय भन्दा फरक प्रसंगमा बोल्दै आगामी माहाधिवेशन समयमा नै हुने  बताउनुहुदै आफू विधान भन्दा बाहिर जान नसक्ने जिकिर गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE