Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

धादिङमा स्याल कराउँदा, भोलीपल्ट कुखुरा कसरी हरायो ? भन्दै प्रधानमन्त्रीको प्रश्न !

धादिङमा स्याल कराउँदा, भोलीपल्ट कुखुरा कसरी हरायो ? भन्दै प्रधानमन्त्रीको प्रश्न !

११ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले न्याय सम्पादन फितलो र सेटिङमा चलेको त होइन भन्ने तर्फ प्रश्न उठाउनुभएको छ ।

सर्वोच्चले केही दिनअघि मात्र संसद विघटनपछि नियुक्त गरिएका मन्त्रीहरुको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले यसतर्फ प्रश्न उठाउनुभएको हो।

संसद विघटनपछि थपिएका मन्त्रीहरुलाई काममा रोक लगाउनूू पूर्व नै प्रचण्डले धादिङमा बोलेको कुरातर्फ इंगित गर्दै उहाँले प्रश्न उटाउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसैले धादिङमा अघिल्लो दिन नै भने, पछि नियुक्त गरिएका मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु ।’ यद्यपि उनले प्रचण्डको नाम भने लिएनन् ।

‘भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो । कसरी त्यो भयो ? गम्भीर प्रश्न छ ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा यस्तो बताउनुभएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE