Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सिराहामा ट्रकसँग ठोक्किएको कारबाट गाँजा बरामद, चालक फरार

ओम प्रकाश यादव

मंसिर २९ गते। सिराहाको धनगढीमाई नगरपालिका-१० स्थित जिरोमाइल चौकमा कार र ट्रकबीच भएको ठोक्किनले ठूलो खुलासा भएको छ। नम्बर प्लेट हटाइएको कारभित्र प्रहरीले ठूलो परिमाणमा अवैध लागू औषध गाँजा फेला पारेको हो।
दुर्घटनापछि चालक फरार भएका छन् भने घटनास्थलमा संलग्न अन्य व्यक्तिहरु पनि अज्ञात छन्। प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ र फरार चालकको खोजी तीव्र बनाएको छ।

अवैध कारोबारको संलग्नताका सम्भावना जोडिएको यो घटनाले स्थानियबासीमा त्रास र चासो दुवै बढाएको छ। प्रहरीका अनुसार यो घटना लागू औषधको अवैध व्यापारसँग सम्बन्धित हुन सक्ने सम्भावना रहेको छ। थप विवरणका लागि अनुसन्धान जारी छ। थप आउन बाँकी..

WRITE COMMENTS FOR THIS ARTICLE