नेकपा कस्को ? वलीको की प्रचण्डको
१३ फागुन
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा परेको रिट निवेदनमा अहिले सर्वोच्चको सुनुवाई भइरहेको छ।
न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस प्रारम्भ भएको हो। उक्त मुद्दाको आजै फैसला आउने सम्भावना रहेको बताइएको छ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो । त्यसपछि ऋषि कट्टेलले नेकपा नाममा दावी गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए।
नामको विवाद टुंगो लागेपछि राजनीति पनि नयाँ शिराबाट अघि बढ्नेछ। मुद्दामा बहस भएसँगै नेकपा ओली समूहका कार्यकर्तामाझ नेकपा खारेज गरिदिए उदाउँदो सूर्य अगाडि बढाउन सकिने चर्चा चुलिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE