Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एकैदिन थपिए ४८ सय बढी कोरोना संक्रमित

१५ बैशाख, काठमाडौँ  – आज नेपालमा एकैदिन ४८ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जना कोरोना संक्रमित थपिएका हुन।

१३ हजार ८ सय ७० जनाको पिसीआर परिक्षणमा ४ हजार ७ सय ७४ र ९ सय ५५ जनाको एन्टिजेन परिक्षण गर्दा १२३ जनालाई संक्रमण पुष्टि भएको मन्त्रलायले जनाएको छ।

योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २,०४६ जना संक्रमित थपिएका छन्।

भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन। हाल देशभर संक्रमितको संख्या ३० हजार २ सय ९ रहेको छ।

जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङक छ।

WRITE COMMENTS FOR THIS ARTICLE