सरकारसँग वार्ता गर्न ‘विप्लव’ तयार

८ फागुन
काठमाडौँ – प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सरकारसँग वार्ता गर्न तयार भएका छन् । महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग आफु वार्ता गर्नको लागि तयार भएको बताएका हुन् ।
उनले आफ्नो पार्टीले गरेको सम्पूर्ण कदमहरु राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको उल्लेख गरेका छन् ।
‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो,’ उनले विज्ञप्तिमा भनेका छन् ।
‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं,’ उनले भनेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE