एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटलबीच सम्झौता
काठमाडौं – नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडस्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे तथा कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर,सुर्खेतका तर्फबाट उपनिर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा डिलक्स क्याबिनमा २५ प्रतिशत, नर्मल क्याबिन तथा होल बडी चेकअपमा २० प्रतिशत, अपरेशन चार्जमा १५ प्रतिशत, सिटी स्क्यान, एक्स–रे, अल्ट्रासाउण्ड, इको, इण्डोस्कोपी, आईसियू÷एनआईसियू, पोस्ट अप, डेन्टल तथा एम्बुलेन्स सेवामा १० प्रतिशत र प्याथोलोली र फार्मेसी (औषधी)मा ५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE