Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मन्त्री दीपक मनाङ्गेले लिए शपथ

१६ बैशाख,काठमाडौँ –  बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उहाँलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु भएको हो ।

उहाँलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE