Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

कर्णाली प्रदेशका प्रदेशसभा सदस्य शाहीलाई कोरोना पुष्टि

सुर्खेत-कांग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण भएको छ । दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको हो । संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए । शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास बढेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री, नेपाली कांग्रेस प्रदेश सभा संसदीय दल एवं विपक्षी दलका नेता समेत रहनुभएका जीवनबहादुर शाही कोभिड–१९ संक्रमणका कारण होम आइसोलेसनमा रही उपचारार्थ रहेको कांग्रेस स्रोतले जनाएको छ । स्रोतका अनुसार शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने छ । कोरोना संक्रमण भएर उपचारको क्रममा रहनुभएका शाहीलाई नेपाली कांग्रेसले एक विज्ञेप्ती सार्वजनिक गरी शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE