शेयर बजारमा सामान्य अंकले वृद्धि
३० फागुन, काठमाडौं – शेयर बजार परिसूचक नेप्सेमा सोमबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक ०.१५ अंकले बढ्दै २६ सय ६८.११ अंकमा उक्लिएको हो ।
अघिल्लो दिन यो सूचक अधिकतम १०१ अंकले बढेको थियो । तर उच्चतम अंकले बढेको दोस्रो दिनमा नै नेप्सेमा पुनः ब्रेक लागेको हो ।
यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.५ अंकले घट्दै ५०९.८५ अंकमा झरेको छ । नेप्सेका अनुसार सोमबार बैंकिङ, विकास बैंक, जीवन बिमा, निर्जीवन बिमा, अन्य र माइक्रो फाइनान्सको उपसूचक धनात्मक भएका छन् भने बाँकी सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।
०.१५ अंकले मात्र बढेको बजारमा आज कारोबार रकम भने १ अर्बमा सीमित हुन पुगको छ । नेप्सेका अनुसार करिब साढे २३ लाख कित्ता शेयर बजारमा किनबेच हुँदा जम्मा एक अर्ब ३४ करोड २२ लाख रुपैयाँको मात्र कारोबार भएको हो ।
अघिल्लो दिन १०१ अंकले बढेको बजारमा ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE