Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्छु : मन्त्री अर्याल

सवाल सम्वाददाता
मेची- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोत कार्यालयमा अनलाइन प्रणाली जोडेसंगै भष्ट्राचारमा कमी आएको बताउनुभएको छ । डेढ वर्षमा मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्ने दाबी गर्दै उहाँले अनलाईन प्रणालीले नापाी कार्यालयमा हुने भ्रष्ट्राचारको अन्त्यको लागि सहयोग गरेको बताउनु भएको हो ।

हरेक दिन आएका सेवाग्राहीदेखि कार्यालयबाट भएका काम र उठेका राजस्‍व आफूले थाहा पाउनेगरी अनलाइन प्रणालीमा लगिन्छ उहाँले भन्नुभयो । ६ वटा मालपोत कार्यालयमा जडानपछि ६ महिनामा डेढ अर्ब राजस्व वृद्धि भएको बताउँदै मन्त्री अर्यालले अब देशभरका बाँकी मालपोतसँगै नापी कार्यालयमा अनलाइन प्रणाली जडान गरेर डेढ वर्षसम्ममा पूरै भ्रष्टाचार अन्त्य गर्ने दाबी गर्नुभयो ।

पाँचथरको फिदिममा प्रेस संगठन नेपालले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले अनलाइन प्रणालीबाटै ती कार्यालयबाट हुने सेवा प्रवाहमा सुशासन कायम गर्न सकिने निष्कर्षमा पुगेको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE