Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपाली कांग्रेसद्वारा संसदीय सुनुवाई समितिको बैठक बहिस्कार

सवाल सम्वाददाता
काठमाडौ-संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको प्रस्तावप्रति विरोध जनाउँदै नेपाली कांग्रेसले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ ।

कांग्रेसको उपस्थितिविना संवैधानिक परिषदको बैठकले आयोगमा पदाधिकारी प्रस्तावको विषयमा लिखित असहमति जनाउँदै समितिको बैठक बहिस्कार गरेको हो । समितिका चार सदस्यले समिति सभापति लक्ष्मणलाल कर्णलाई लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेका हुन् । समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्र नारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसालले संयुक्त रूपमा असहमति पत्र पेश गर्दै गैर कानूनी निर्णयमा सहभागी नहुने जनाएका हुन् ।

यता, असहमति पत्र समितिमा पेश गर्दै कांग्रेसले बैठक बहिष्कार गरेको छ । कांग्रेसको बहिष्कारका बावजुद् समितिले आयोगका प्रस्तावित अध्यक्षहरूविरुद्ध उजुरी आह्वान गरेको छ ।

सुनुवाइ समितिमा राजपाका सांसद् लक्ष्मणलाल कर्ण सभापति छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE