अवैध कल बाइपास गर्ने एक युवक पक्राउ
कोठामा छापा मार्न पुगेको सिआईबीको टोलीले अवैध कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरणहरु समेत बरामद गरेको छ
सवाल सम्वाददाता
लुम्बीनी- नेपालमा बसेर अवैधरुपमा कल बाइपास गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अवैध कल बाइपास (भीओआईपी) गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ काटागाउँस्थित मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्ने भारतको सुनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारी रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा उनी बस्ने कोठामा छापा मार्न पुगेको सिआईबीको टोलीले अवैध कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरणहरु समेत बरामद गरेको छ । उनको कोठाबाट २ थान ल्यापटप, ३२ थान एरिएल, १ थान राउटर, २ थान डिभाइस, १ थान युपीएस, २ थान चार्जर तथा १३ ओटा सिम फिट गरिएको सिम पोर्ट १ थानलगायत सामग्री बदारम गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE