Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

रुपन्देहीमा निषेधाज्ञा थप असार ७ गतेसम्म

३१ जेठ, काठमाडौँ – रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ । जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो पारी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताउनुभयो । रुपन्देहीमा आर्थिक गतिविधिलाई केही नियमित गर्न पाउने गरी निषेधाज्ञा थप  गरिएको हो ।

 

जसअनुसार अब बिहान ८ बजेसम्म तरकारी, माछा मासुका पसल खोल्न पाइनेछ । यस्तै अन्य पसलहरु सुरक्षाका मापदण्ड पालना गरी बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने प्रशासन कार्यालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE