Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बिना सहमति सरकार नजाने जसपा सांसदहरुको निर्णय

१ चैत
काठमाडौँ –
जनता समाजवादी पार्टी नेपालका सांसदहरुले विना सहमति सरकारमा नजान पार्टी नेतृत्वलाई सुझाव दिएको छ । आइतबार सो पार्टीका केही सांसदले छुट्टै बैठक आयोजना गर्दै जसपा नेपालले राखेको मागमा कुनै ‘कम्प्रमाइज’ नगर्न सुझाव दिएको प्रतिनिधिसभा एक सदस्यले बताउनु भयो  ।

रेशम चौधरीको रिहाइ, संविधान संशोधन, आन्दोलनकारी माथि लगाइएको मुद्दा फिर्ता, घाइतेलाई भरणपोषणजस्ता माग पूरा भएपछि मात्र सरकारको विषयमा कुरा गर्ने, नभए अहिले सरकारको बारेमा कुनै कुरा नगर्न बैठकले सुझाव दिएको  बताउनु भयो ।

कुनै दल विशेषलाई सहयोग पुर्याउन लागि कसैले पार्टी फुटाउन प्रयास गरे त्यसको प्रतिकार गर्ने, त्यसको विरोध गर्ने र पार्टीलाई फुटबाट जोगाउने सहमति भएको उनको भनाइ छ । उनले भने, ‘पार्टी फुटाएर भए पनि सरकार बनाउने चर्चा चलिरहेको छ, यदि पार्टी फुटाउने कदम कुनै नेताले चालेमा त्यसको प्रतिकार गर्ने र कडा विरोध गर्नेछौं ।’

 

 

WRITE COMMENTS FOR THIS ARTICLE