Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

त्रिशूली किनारमा गाडी खस्दा चालकसहित ७ जना घाइते

३० पुष, चितवन — चितवनको ईच्छाकामना गाउँपालिका-६ तीन नम्बर पुलस्थित नारायणगढ-मुग्लिङ सडक खण्डबाट त्रिशूली नदी किनारमा गाडी खस्दा ७ जना घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरको बा.१३ च.४३६५ नम्बरको स्कर्पियो शुक्रबार बेलुकी अनियन्त्रित भई दुर्घटनामा परेको हो । सडकबाट पल्टिएर उक्त गाडी करिब ६० मिटर तल त्रिशूली किनारमा पुगेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार दुर्घटनामा चालकसहित-७ जना घाइते भएका छन् । उनीहरूको सनाखत हुन बाँकी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE