Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, ज्वरो र रक्तचाप नियन्त्रणमा

काठमाडौँ –छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित भएको पाइएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकहरूले जनाएका छन् ।

केही दिनदेखि निवासमा नै आराम गरिराखेका उनको स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि सोमबार बिहान प्रधानमन्त्री ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुर्याइएको थियो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दशैं सकिएसँगै रूघा खोकीको समस्या झेल्न थाल्नु भएका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि ज्वरो समेत आउन थालेको थियो ।

शुरुमा रूघाखोकी लागेर छातीमा संक्रमण शुरू भएता पनि निमोनिया नभएको चिकित्सकहरुले जनाएका छन् ।

उपचार टोली संयोजक डा. अरूण सायमीका अनुसार प्रधानमन्त्रीलाई दिइएका केही औषधिले गर्दा सुगर तलमाथि पार्न सक्ने भएकाले निगरानीमा राख्नुपरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE