सिन्धुपाल्चोकमा भीषण बाढी, ५० औँ जना बेपत्ता
२ असार, काठमाडौँ – सिन्धुपाल्चोकमा लगातार परेको वर्षाका कारण आएको बाढीले हेलम्बु, मेलम्चीलगायतका बजारमा जोखिममा पारेको छ ।
बेलुकातिरबाट परेको वर्षाका कारण मेलम्चीमा ठूलो बाढी आएको बताइएको छ ।
“सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ ।”
साथै मेलम्ची नजिकै रहेको सशस्त्र प्रहरीको क्याम्प बगाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE