Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

नेपाल-खनाल समूहले डाके आकस्मिक स्थायी कमिटीको बैठक

२८ फागुन
काठमाडौँ –
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नै नराखी आफूनिकट नेताहरुलाई जिम्मेवारी तोकेपछि बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र  झलनाथ खनाल समूहले आकस्मिक स्थायी कमिटीको बैठक डाक्नु भएको छ।

अध्यक्ष ओलीले शुक्रबार महासचिवबाहेकका नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले आकस्मिक बैठक डाकेको हो । विशेषगरी एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणाले झस्किएको नेपाल–खनाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रधानमन्त्री ओलीले (नेकपा) माओवादी केन्द्रबाट एमालेमा जानुभएका रामबहादुर थापा ञबादल’लाई बाग्मती प्रदेश इन्चार्जका साथै अन्य २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।

त्यस्तैगरी वरिष्ठ नेता माधव कुमार नेपाल एमाले विदेश विभाग प्रमुख रहनु भएकामा उहाँलाई हटाएरर ओलीले राजन भट्टराईलाई नियुक्त गर्नुभएको छ ।

त्यस्तैगरी सुदुपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई हटाएर माओवादी केन्द्रबाट आउनुभएका लेखराज भट्टलाई नियुक्त गर्नुभएको छ । प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई नियुक्त गरिएको छ ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई नियुक्त गरिएको छ । यस्तै, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी इन्चार्जमा भने शंकर पोखरेल भने यथावत नै रहेका छन् ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE