कोरोनाबाट निको हुने दर ७५ दशमलब ५ प्रतिशत
२८ बैशाख, काठमाडौँ-नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ७५ दशमलब ५ प्रतिशत रहेको छ । देशभरि पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोभिड–१९ संक्रमित संक्रमण मुक्त भएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन ।
आज ९ हजार ४ सय ८३ नयाँ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५ सय ९६ पिसिआर र ७ सय २० एन्टिजेन परीक्षणमा नौ हजार ४ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका नयाँ संक्रमितसहित नेपालमा चार लाख १३ हजार १ सय ११ सङ्क्रमित छन् ।
आज सङ्क्रमणबाट २ सय २५ को निधन भएको छ । आज निधन भएका सङ्क्रमित सङ्ख्या सबभन्दा बढी हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा आज निधन हुनेको संख्या त्यति पुगेको हो । यो सँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ जना पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE