Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रहरी थुनामा रहेका युवकको मृत्यु

२७ भाद्र

कैलाली -सुदूरपश्चिम जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको आज प्रहरीको थुनुवा कक्षमा मृत्यु भएको थियो । युवकले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपसम्शेर जवराले बताउनुभयो । मृतकका आफन्तले भने प्रहरीको कुटपिटबाट बिकको मृत्यु भएको बताएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE