Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

जनसवाल मिडियाको नयाँ टेलिभिजन कार्यक्रम आउदै

सिंहराज योञ्जन
१ वैशाख, काठमाडौँ ।
जनसवाल मिडिया प्रालिले जनतासँग जनप्रतिनिधि नामक टेलिभिजन कार्यक्रमको प्रोमो सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको प्रोमो सार्वजनिक गरेको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि पूर्व–गृहराज्यमन्त्री तथा रामेछाप जिल्लाबाट प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठले अहिलेको परिवेशमा यस्तो कार्यक्रमको खाँचो रहेको र अब पुरा हुने बताउनुभयो । उहाँले राज्यको संरचना बाँडफाँड भए पश्चात संघ, प्रदेश र स्थानीय सरकारले कसरी कार्य संचालन गरिरहेका छन् त ? तथा जनप्रतिनिधिहरुले आफुले गरेको कामको समिक्षा गर्न पाउने भएकोले यो कार्यक्रमले जनप्रतिनिधिहरुलाई आफ्नो कामको मूल्याङकन गर्न पाउने बताउनु भयो ।

कार्यक्रममा अतिथि जाजरकोटबाट नेपाली कांग्रेसका संविधान सभा सदस्य तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले तिनै तहका सरकारहरुलाई जनताप्रति उत्तरदायी रहन हौसला प्रदान गर्ने बताउनु भयो । उहाँले राज्यको चौथो अंगकारुपमा रहेको पत्रकारीता अहिले आफ्नो पेशा भन्दा विमुख नहुन आग्रह गर्दै यस कार्यक्रमले गलत मनोबृत्ति भएका व्यक्तिलाई सहि बाटो देखाउने माध्यमकारुपमा स्थापित हुने बताउनुभयो ।

त्यस्तै, रामेछाप क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका संविधान सभा सदस्य तारानारायण श्रेष्ठले अझै नेपालमा पत्रकारिताको आचार संहिता भित्र रहेर काम गर्ने वातावरण नरहेको दाबी गर्नुभयो । उहाँले पत्रकारहरुले मुलुकमा जे देख्यो त्यही लेख्ने अवस्था नरहेका भन्दै जनतासँग जनप्रतिनिधि त्यसको सिकार नबनोस् भन्ने शुभकामना व्यक्त गर्नभयो ।

कार्यक्रममा बोल्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिनाले जनप्रतिनिधिहरु जनताको पाले भएर काम काम गनुपर्ने र पालेको रुपमा काम गरेको नगरेको भन्ने कुराको स्पष्टता पाउनको लागि समेत यो कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । उहाँले आफु जनप्रतिनिधि भइसकेपछि कुनै पार्टीको कार्यकर्ता नभई जनताको सेवककारुपमा रहेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रमका सभापति जनसवाल मिडिया प्रालिका सञ्चालक अध्यक्ष भुपेन्द्रबहादुर भण्डारीले जनप्रतिनिधि भनेको नगर र गाउपालिकका प्रमुख तथा उप–प्रमुखहरु मात्र नभई समाजमा प्रतिनिधिमूलक काम गर्न नेतृत्व लिने सबै जनताका प्रतिनिधि भएको बताउनुभयो ।

कार्यक्रममा नवलेखक विश्वराज कडेँलले लेख्नुभएको औपन्यासिक प्रेमकहानी विसर्जन लोकार्पण गरिएको थियो । नेपाली समाजमा पछिल्लो पुस्तामा देखिएको नैरस्यतालाई चित्रण गदै प्रेमले बाँच्ने आशा जगाउछ भन्ने सन्देश दिएको लेखक कडेँले बताउनुभयो । पुस्तक जनसवाल मिडिया प्रालिद्वारा प्रकाशन गरिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE