Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

डोल्पामा डोजर दुर्घटना, एकजनाको मृत्यु

४ चैत्र
काठकाडौँ
-डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ को रुम गाउँ नजिकै डोजर दुर्घटना भएको छ । सुलिगार्ड–फोक्सुण्डो सडक निर्माणमा काम गरिरहेको डोजर बुधबार बिहान करिब ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका मृत्यु हुने जाजरकोट जिल्ला नलगाड नगरपालिका–११ बस्ने १७ वर्षीय हेमराज सिँहको रहेका छन् । डोजर पल्टिदा डोजरमा च्यापियर सिंहको मृत्यु भएको जनाइएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ का १५ वर्षीय एकराज बुढाको हात खुट्टामा चोट लागेको छ । हाल उनलाई उपचारका लागि त्रिपुराकोट लगिएको छ ।

डोजर चालक अनमोल सिंह फरार रहेकाले खोजी गर्नुका साथै दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । डोजर सडकबाट करिब ३ सय मिटर खसेको थियो । डोजर धनी जाजरकोट जिल्ला नलगाड नगरपालिकाका भिम बाहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE