बुद्ध एयरले आवासीय भाडादर घटायो,आजैदेखि लागू
१५ आश्विन, काठमाडौँ – बुद्ध एयरले आवासिय भाडादर घटाएको छ। ६ महिनादेखि नेपालमा बसोबास गर्दै आएका विदेशिहरुको हकमा बुद्ध एयरको रेसिडेन्सियल (आवासिय) हवाई भाडादर सस्तिएको हो। यसअघि आवासिय भाडादर नेपाली भाडादरको १.७५ गुणा बढी थियो।

अब भने यात्रुहरुले नेपाली भाडादर ‘वाइ क्लास’ बराबरको भाडा तिरेर यात्रा गर्न पाउनेछन्। यो नियम बुद्ध एयरका सबै गन्तव्यमा लागू हुने कम्पनीको भनाई छ। सस्तिएको भाडा आजैदेखि लागू हुने एयरका सूचना अधिकारी दिपेन्द्रकर्णले बताउनुभयो।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE