१५ गतेदेखि हराइरहेका भूपू–सैनिक तामाङ अझै सम्पर्कमा आएनन्, भेटाउनेले ९८४३७२७५८४ सम्पर्क गराैँ । सहयोगका लागि सक्दो सेयर गरौँ ।
सवाल सम्वाददाता
काठमाडौँ-धादिङ जिल्ला खानियाबास गाँउपालिका ७ घर भई हाल काठमाडौँको काभ्रेस्थलीमा बस्दै आउनु भएका दिल बहादुर तामाङ गत असार १५ गते दखि सम्पर्कविहिन हुनुहुन्छ । भूतपूर्व सैनिक समेत रहेका तामाङ असार १५ गते करिब ६ बजे नयाँबसपार्क, माछापोखरी पुगेर आउँछु भनेर घरबाट निस्किएको तर घर नफर्किएको परिवार स्रोतले जनाएको छ । कहि कतै कसैले भेट्टाउनु भएमा परिवारलाई सम्पर्क गरिदिनुहुन सबैलाई अपिल गरिएको छ ।

५ फिट ५ इ्न्च उचाई भएका, गोरो वर्णका तामाङ सामान्य आर्थिक अवस्था भएको र उनी आफूखुसी घरबाट हिडेको दिलबहादुरका भान्जा विनितले जनकारी दिनुभयो । एस.एल.सी. सम्मको अध्ययन गरेका तामाङलाई भेट्नुहुने अथवा कही कतै देख्नुहुनेहरुले ९८४३७२७५८४ मा सम्र्पक गरी सहयोग गर्न अनुरोध गरेको छ । अथावा नजिकको प्रहरी चोकीमा समेत सम्पर्क गर्न सक्नुहुने छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE