Date
बुध, चैत्र १४, २०८०
Wed, March 27, 2024

१४ जिल्लामा निषेधाज्ञा : कुन कुन ठाउँ र कहिलेसम्म ?

२१, श्रावन

काठमाडौं – सरकारले साउन ७ गतेबाट देशभर लगाइएको लकडाउन खुल्ला भएको घोषणा गर्‍यो। तर, लामो दुरीका सवारी, आन्तरिक तथा बाह्य उडान लगायत अन्य क्षेत्रहरु भने समय सीमा तोकेर खोल्न जानकारी दिइयो। होटल व्यवसाय साउन १५ गतेबाट खुल्न थाले।

तर, पछिल्लो समयमा देशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। त्यसैले केही स्थानीय प्रशासनले अझै लकडाउन लगाइरहेका छन्। केही जिल्लामा लकडाउन लगाउन सुरु तथा तयारी भइरहेको छ। केही जिल्लामा निषेधाज्ञा लगाइएको छ। अहिलेसम्म १४ वटा जिल्लामा निषेधाज्ञा लगाइएको छ।

सप्तरीमा जिल्लाभरि नै निषेधाज्ञा लगाइएको छ। साउन २६ गतेसम्म निषेधाज्ञा लगाएको जानकारी दिएइ पनि फेरि समय थप हुने नहुने निश्चित छैन। धनुषामा पनि निषेधाज्ञा जारी नै छ। जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही स्थानमा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

बाँके जिल्लाभरी नै निषेधाज्ञा छ। साउन २० गतेसम्म लगाइएको निषेधाज्ञाको समय पुनः थप गरेर साउन २४ गतेसम्मका लागि पुर्‍याइएको हो। नुवाकोट जिल्लाका केही स्थानमा अर्को सूचना नआएसम्म साउन ११ गतेदेखि निषेधाज्ञा लगाइएको छ।

संक्रमितको सङ्ख्या थपिँदै गएपछि मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा लकडाउन नै जारी गरिएको छ। साउन १६ गतेदेखि ३० गतेसम्मका लागि लकडाउन गरिएको हो। बारा र पर्सा जिल्लामा दैनिक कोरोना संक्रमितको सङ्ख्या अनियन्त्रित हिसाबले थपिँदै गएको छ। यी दुवै जिल्लामा अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

महोत्तरी जिल्लाको सदरमुकाम क्षेत्र जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाका केही क्षेत्रमा आजसम्म निषेधाज्ञा जारी छ। झापा जिल्लाको बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिका क्षेत्रमा पनि निषेधाज्ञा अझै जारी छ।

सुनसरी क्षेत्रको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा अर्को आदेश नआएसम्म दुई दिनदेखि निषेधाज्ञा छ। सुदूर पश्चिमको पहाडी जिल्ला बझाङ पनि अछुतो छैन। बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ मा सोमवारदेखि साउन ३० गतेसम्मको लागि निषेधाज्ञा लगाइएको छ। त्यस्तै केदारस्युँ गाउँपालिका वडा नम्बर ६ र ७ मा साउन १७ गतेदेखि ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE