Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

राजनीति र नैतिकता !

नैतिक पृष्ठभूमि नभएको, उच्च मानवीय मूल्यहरुको हैसियतमा नउठेको राजनीति के राजनीति हुन्छ र ?

राजनीति भनेको आचारशास्त्र, सौन्दर्यशास्त्र, समाजशास्त्र, अर्थशास्त्र आदि जस्ता शास्त्रहरुको ज्ञान गरिमाको सम्पूर्ण चिन्तन परिमण्डल फिलोसोपिकल क्याटागोरीमा अभिव्यक्त भएको हुन्छ । नैतिक पृष्ठभूमि नभएको, उच्च मानवीय मूल्यहरुको हैसियतमा नउठेको राजनीति के राजनीति हुन्छ र ?

राजनीति भनेको फलानाको नारा, केही धूर्तता, चाप्लुसी, पाखण्ड, चलाखी, अवसरवादिता आदि नै हो भन्ने धारणा लिने हो भने त अर्कै कुरा हो । तर यो वास्तवमा राजनीतिको न कुनै शास्त्रीय व्याख्या नै हो ,वा यो नै कुनै यसको नैतिक व्याख्या नै हो। होइन भने , राजनीति ,प्रमुख र नैतिकता ‘गौण’ अवधारणा कुनै पनि अर्थमा वैज्ञानिक, माक्सवादी अवधारणा होइन । यो त पतनशील बुर्जुवा अवधारणा हो ,जो पूँजीवादको संकटको अवस्थाका अस्तित्ववाद को नामले अगाडि आएको थियो।

यस्ता खालको स्वतन्त्रताले सामाजिक ,सामूहिक मूल्य मान्यताहरूलाई कुनै महत्त्व दिन सक्दैन ।यो व्यक्तिगत सम्पत्ति र स्वतन्त्रताको मानसिकताबाट उब्जेको र व्यक्तिवादी चिन्तन प्रणालीको रूपमा विकसित भएको पतनशील बुर्जुवा अवधारणा हो।यस्तो खालको अवधारणा वाम आन्दोलनमा देखिनु सर्वथा दुर्भाग्यको चिन्ह हो।

नैतिकता गौण भएपछि, पहिलो कुरा, व्यक्तिका सवै स्वौच्छिक कुरा ,व्यक्तिका व्यवहारहरू क्षम्य ठहरिन पुग्छन् र दोस्रो कुरा, राजनैतिक सिद्धान्त र व्यवहार पनि अर्थ न बर्थका खोक्रा कुरा नारा हुन पुग्छन् । यसपछि त जे बोले पनि भयो । जे गरे पनि भयो ।

हास्नु पर्ने बेलामा रूनु, रुनु पार्ने बेलामा हास्नु ,आन्दोलन गर्ने बेलामा रिर्जभ वस्नु ररिर्जभ बस्ने बेलामा आन्दोलनको चर्को नारा छेडनु सबै क्षम्य र महान हुने भए । आफ्नो दक्षता र हैसियत के कति छ ,त्यो पनि मूल्यांकन गर्नु परेन विना मुल्यांकन विना अध्ययननै जे भनिदिएपनि त्यो सर्वमान्य सिद्धान्त हुने भयो। किन भने त्यहाँ नैतिकताको कुनै अर्थ छैन्।

नैतिकता ‘गौण’ को यो अवधारणाले व्यक्तिलाई काम गर्न सजिलो पारिएको छ ‘व्यक्तिको अस्तित्वलाई स्वतन्त्र’ राख्न महत्त्वपूर्ण भूमिका खेलेका छ। यश बाट इतिहासमा कुनै एउटा व्यक्ति विशेषको उसका इच्छाउनुसार समाजलाई स्वर्ग वनाउने र नर्क बनाउने भूमिका खेल्न सक्ने भयो।व्यक्ति अब ‘भगवान’ को हाराहारी पुग्ने भयो ।व्यक्तिको पूजा एउटा धर्म हुने भयो र नैतिकता गौण र राजनीति प्रमुख ठान्नेको एउटा सशक्त सम्पदाय हुने भयो ।

यो भन्दा राजनीतिक जादु अरू के हुन सक्छ ? यसरी हाम्रो वाम आन्दोलनमा भ्रमहरू सृजना भएका छन् । चिन्तनको धार असंगत भएको छ । मनोगतवादी, चिन्तन प्रणालीले आनदोलनलाई ढाकेको छ। यसलाई चिर्नु आजको चिन्तनको खाँचो हो।

डेनो थिङ
दोरम्बा-२ रामेछाप

WRITE COMMENTS FOR THIS ARTICLE