६० हजार घुसको रकमसहित वन अधिकृत पक्राउ
उदयपुर- ६० हजार घुसको रकमसहित सहायक वन अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले सवडिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्यनारायण साह ९रौनीयार०लाई आइतबार रंगेहात पक्राउ गरेको हो। डिभिजन वन कार्यालय त्रिवेणी कटारी मातहतको कार्यालय नेपालटारका प्रमुख रहेका साहलाई कार्यक्षेत्रभित्रका एक सेवाग्राहीलाई घाटगद्धीमा राखिएको काठको सेटिङु मिलाई दिने भन्दै ६० हजार नगद लिएका थिए। सदरमुकाम गाईघाटस्थित सर्म्पक कार्यालयमा रकम लिँदै गरेको अवस्थामा टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका अनुसन्धान अधिृकृत प्रेमसागर केसीले जानकारी दिए।
‘कार्य क्षेत्रभित्रका आधा दर्जन सामुदायिक वनका बिक्रीका लागि घाटगद्धीमा राखिएका काठहरू प्रकृया पूरा नभएकोले मिलाई दिने भन्दै प्रत्येकसँग रकम माग गर्नेक्रममा पक्राउ परेका हुन्,’ उनले भने, ‘काठ बाहिर लैजाने तयारी गर्दा साहले पैसा लिएका हुन्।’ उनका अनुसार पक्राउ परेका वन अधिकृतले गाईघाटमा एक सम्पर्क कार्यालय खोलेका थिए र त्यही सम्पर्क कार्यालयमा सेवाग्राही बोलाएर पैसा लिने गरेका थिए। डिभिन वन कार्यालय त्रिवेणी कटारीअन्तर्गत रहेका वनहरूमा विभिन्न चरणमा पैसा असुल्ने गरेको गुनासो अख्यितयारमा जाने गरेको अदुवाआको भनाइ छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE