Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

शैलुङ सिमा सधै विवाद नापी विभागको टोली खटाउन माग

११ फगुन

काठमाडौं – दोलखा र रामेछापको सगंम स्थलमा रहेको शैलुङमा देखिएको सिमा विवाद समाधानका लागि दुवै जिल्लाले नापी विभागको टोली खटाउन माग गर्नु भएका छन् ।

दुई जिल्लामा पटक पटक भएका समाधानको प्रयासले नपुगेपछि नापी टोली बाट विवादको निरुपण गर्नु पर्ने टुंगोमा दुवै जिल्ला पुगेका अहिले छन  । स्थानीय स्तरमा दुवैले आफ्नो आफ्नो दावि नछोडेपछि शैलुङमा विगत २ बर्ष देखि सिमानाको विवाद बढी रहेको छ ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबलवहादुर पाण्डे र जिल्ला समन्वय समिति रामेछापकी उप प्रमुख दिपा पाख्रिनले नापी विभागमा सिमा एकिन गर्नका लागि प्राविधिक टोली खटाउन माग गर्दै पत्र वुझाएका छन् । दुवै जिल्लाको पत्र वुझ्दै विभागका निर्देशक टंक दाहालले सिमाना समस्या समाधानको लागि सहयोग गर्ने वताएका छन् । त्यहा मात्र हैन, धेरै जिल्लाबाट सिमाका समस्या समाधानका लागि माग आएका छन् दाहालले भने – हामी विभागिय टिम विच सल्लाह गरेर कसरी अघी बढ्ने भन्ने विषयमा टुंगोमा पुग्छौं ।

दोलखा र रामेछापको सिमामा पर्ने शैलुङ डाडांमा २०७५ सालको बैशाखमा प्रथम शैलुङ महोत्सव आयोजना गर्ने रामेछापको दोरम्बा गाउँपालिकाले योजना अघी सारेपछि दोलखा तर्फका दुई गाउँपालिकाले उक्त क्षेत्र आफ्नो समेत भएकाले एक्लै महोत्सव गर्न नदिने अडान लिएका थिए । त्यसपछि दोलखा र रामेछापका नेताहरु वसेर तत्कालका लागि तिनै गाउंपालिकाले संयुक्त रुपमा महोत्वस गर्ने सहमति जुटाएका थिए । दोलखा तर्फको शैलुङ र मेलुङ गाउँपालिका र रामेछाप तर्फको दोरम्बा गाउँपालिका मिलेर २०७५ मा महोत्सव आयोजना गरे पश्चात विवाद अझ चर्कदै गएको छ ।

दोलखा र रामेछापको सिमामा पर्ने उक्त क्षेत्र पर्यटकिय स्थल हो । उक्त क्षेत्रमा पर्यटकिय पूर्वाधारको विकास गरी आफ्नो पहिचान र आय गर्न दुवै पक्ष लोभिदा विवाद समाधान हुन सकेको छैन । दोलखाले शैलुङको पानीढलोलाई सिमाना भन्दै आएको छ भने रामेछापले जारकाटे ढुंगा देखि घलेडाडा जाने तेर्सो बाटोलाई सिमा भन्दै आएको छ । दुवै पक्ष आफ्नो कुरामा टसमस छैनन् ।

जिल्लामा क्रियासिल संवाद समूहले शैलुङमा देखा परेको सिमा समस्या सुल्झाई विकासका पूर्वाधार वनाउनका यस अघि पटक पटक प्रयास गरेको थियो ।

गाउँपालिका, जिल्ला, अन्तरजिल्ला र प्रदेश तहका संवाद चलाएको उक्त समूहले नापी विभागको विज्ञ टोलीनै झिकाएर विगतको नापी नक्शा बमोजिम सिमांकन गरी समस्याको समाधानमा जोड दिएको छ । जति चाडो दुवै पक्षलाई मान्य हुने गरी सिमानाको बैज्ञानिक रुपमा नापी नक्शा बमोजिमको रेखा देखाईन्छ त्यति चाडो शैलुङको विकासको ढोका खुल्ने हुदाँ त्यस कार्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने स्थानीयले माग गरेका छन ।

 

WRITE COMMENTS FOR THIS ARTICLE