Date
मङ्ल, फाल्गुन १८, २०७७
Tue, March 2, 2021

के जग्गा नामसारीकै विषयमा प्रधानन्यायाधीशलाई भेट्न गएका हुन् त प्रधानसेनापति

१० फागुन 

काठमाडौं –  सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो जबरा र थापाबीच भेटघाट भएको जनाइएको छ ।

भेटवार्तामा दुईबीचमा सर्वोच्च अदालत पछाडि सेनाको नाममा भएको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफलका लागि भेटवार्ता भएको भनिए पनि उक्त भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सिंहदरबारस्थित खाली जग्गामा सर्वोच्चले भवन बनाउन लागेकोबारे कुरा मिलाउन प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बोलाएको भनिएको छ ।

त्यसो त अदालतको अवहेलनासम्बन्धिको मुद्दाको लिखित जवाफ पेश गर्न जाँदा प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए । यसअघि अदालतको परिसर साँघुरो भएको भन्दै सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा आफ्नो नाममा नामसारी गर्न पहल गर्दै आएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको बहस सकिएर हेर्दाहेर्दैमा रहेको अवस्थामा प्रधानन्यायाधीशसँग प्रधानसेनापतिको भेट हुनुले जग्गाको विषयमा मात्र कुरा भएको हो भन्न सकिने अवस्था छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE