भाषा आयोगले पूर्णता पाएन
काठमाडौँ । स्थापनाको साढे दुई वर्ष बित्दा पनि भाषा आयोगले पूर्णता पाउन सकेको छैन । नेपालको संविधानले छ वर्षभित्र भाषासम्बन्धी सिफारिस बुझाउन आयोगलाई कार्यादेश दिएको छ । स्थापना हुँदा डा। लवदेव अवस्थी आयोगका अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
सरकारले गत महिना आयोगको सदस्यमा उषा हमाललाई नियुक्त गरेको थियो । सात जना पदाधिकारी हुनुपर्ने आयोगले पूर्णता नपाउँदा धेरै काममा अप्ठेरो परेको आयोगका अधिकारीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा यही विषयलाई चासोका साथ उठाइएको थियो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE