Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

कोरोना जाँच्ने विश्वमै सस्तो किट बनाएको भारतको दाबी, तीन घण्टामै रिपोर्ट

एजेन्सी-इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) दिल्लीले कोरोना भाइरसको परीक्षणका लागि विश्वमै सबैभन्दा सस्तो डायग्नोस्टिक किट बनाएको दाबी गरेको छ । बुधबार आईआईटी दिल्लीले ‘कोरोस्योर’ किट सार्वजनिक गरेको हो ।
आरटी पीसीआर प्रविधिको यो किटबाट कोरोना भाइरस जाँचको लागत मूल्य ३ सय ९९ भारतीय रुपैयाँ लाग्ने आईआईटीले जनाएको टाइम्स अफ इन्डियामा समाचार छ । यद्यपि, आरएनए आइसोलेशन तथा अन्य खर्च समेत जोड्दा यसको मूल्य ६ सय ५० भारतीय रुपैयाँ अर्थात नेपाली १ हजार ४० रुपैयाँ हुने बताइएको छ ।
यो किटले परीक्षण रिपोर्ट तीन घण्टामा उपलब्ध गराउने छ ।
भारतका मानव संसाधन विकास मन्त्री रमेश पोखरियालले कोरोस्योर लन्च गर्दै यो किट आधिकारिक परीक्षण प्रयोगशालामा उपयोगका लागि चाँडै उपलब्ध गराइने बताएका छन् । उनले कोरोस्योर किट उपयोगका लागि इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर) ले स्वीकृति दिइसकेको जनाएका छन् । न्यूटेक मेडिकल डिभाइस नामक कम्पनीसँगको सहकार्यमा बनाइएको यो किट अब ठूलो परिमाणमा उत्पादन गरेर विश्व बजारमा पठाउन सकिने आईआईटीले जनाएको छ । कोरोस्योरले अन्य विधिबाट गरिएका परीक्षणभन्दा सटिक परिणाम दिने दाबी गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE