Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

विषालु च्याउ खाँदा इलाममा दुईको मृत्यु

विषालु च्याउ खाँदा इलाममा दुईको मृत्यु

२६ जेठ, काठमाडौं– विषालु च्याउँ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार रहेका छन् ।

दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए।

प्रहरीका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

यस्तै जीतबहादुरको भने आफ्नै घरमा मृत्यु भएको हो।

वीरमान र उनकी पत्नी विष्णुकुमारी लाई भने उपचारपछि निको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई उपचारका लागि झापाको बी एण्ड सी अस्पतालमा ल्याइएको थियो ।

उपचारपछि उनीहरु घर फर्केका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE