आफ्नै आमालाई बलात्कार गरी फरार भएका छोरा पक्राउ
२४ भाद्र
काठमाडौँ – आफ्नै आमालाई करणी गरेको अभियोगमा इलाममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यही भदौ ७ गते राति आफ्नै ६३ वर्षिय वृद्धा आमालाई करणी गरी फरार भएका बर्ष २३ को युवा विरुद्ध किटानी जाहेरी दरखास्त परी मुद्दा दर्ता भई अनुसन्धान भईरहेको अवस्थामा निजलाई खोजतलास गर्ने क्रममा मंगलबार राति इलाम नगरपालिका-५ तोरीबारीबाट निजलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नविन राईको टोलिले पक्राउ गरेको छ । पक्राउ परेका निज अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनूसन्धान भईरहेको प्रहरी उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE