Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

गत मंसिरबाट शुरु गरिएको सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा

काठमाडौँ – गत मंसिरबाट शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । नेपालको संविधानले व्यवस्था गरेअनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न आधार तय गरेको छ । सामाजिक सुरक्षा कोषले शुरुमा चार योजना सञ्चालन हुने छन् ।

जसमा औषधि, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना रहेका छन् । योगदान वापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेपछि मात्रै सामाजिक सुरक्षा योजनाका सुविधाहरु प्राप्त हुने छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE