६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ
काठमाडौं । ६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवल्दारसहित चार जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार समेत रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरी हवल्दारसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको कार्यालयले बताएको छ । ‘सस्तोदरमा सुन दिन्छौं’ भन्दै ६० लाख लुटपाट गरिएको थियो । सुन किन्न भनेर रकम लिएर आएपछि सीआईबीको प्रहरी भन्दै रकम लुटिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE