Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

मुलुकभर थप ३४२१ जनामा संक्रमण पुष्टि, थप २५ को मृत्यु

मुलुकभर थप ३४२१ जनामा संक्रमण पुष्टि, थप २५ को मृत्यु

११ साउन, काठमाडौं– पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार २७२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार २४० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३८ हजार ९१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६८६जना कोरोनामुक्त भए, २५ को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १हजार ६८६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १७ हजार २७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख ४६ हजार ८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE