Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

नेता सुरक्षित हुन खोज्दा पिडितको न्याय हरण

राजनितिक दलको नेताहरु सुरक्षीत हुन खोज्दा द्धन्दपिडितहरुको १२ बर्षमा न्याय नै हरायको र यसको परिणाम दण्डहिनता मौलाएको एक कार्यक्रमका सहभागिले बताएका छन् । इक्वेल एक्सेसको आयोजना र द्दन्दपिडित साझा चौतारी  लगायतको संस्थाहरुको सहकार्यमा बागलुङमा आयोजना गरेको द्वन्द्वसंग सम्बन्धित महिला हिंसा  विषयक अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागिहरुले उच्च नेतृत्वहरु सुरक्षित हुने गरि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी विद्येयक तयार पारेको आरोप लगाएका छन् ।

उनीहरुले विद्येयक द्वन्द्व पीडित, बेपत्ता पारिएका तथा मृतक परिवारको न्यायको लागि भन्दा आफुहरु सुरक्षित हुने र पिडकलाई कारबाहि नहुने गरि कानुन ल्याइएको बताउँदै द्वन्द्व पीडितले न्याय पाउन फेरी चुनौती भयको बताए।  बागलुङ नगरपालिका–११ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले तत्कालिन समयमा सरकारको नेतृत्व गर्नेहरु शेरबहादुर देउवा, केपी ओली र माओवादी नेता पुष्पकमल दाहाल लगायतका गम्भिर प्रकारका मानव अधिकार हनन गर्ने सबै  नेताहरुले आफुहरुलाई सुरक्षित हुने गरि विद्येयक बनाउँदा पीडितले न्याय पाउन नसकेको बताए ।

नागरिक समाजका अध्यक्ष काजी गाउँले श्रेष्ठले पिडक बाट पिडित भएको घटना सुनाउदै पीडितहरुको न्यायको लागि निरन्तर संघर्ष गरेर साथ दिनु पर्ने बताए। नेपाली समाजमा सबैखाले मान्छे रहेको स्वीकार्दै अहिलेको सरकार पुँजीपतिहरुको सरकार भएकोले पिडक बर्गको संरक्षणमा लाग्ने  हुदा सरकारबाट पीडितहरुको पक्षमा काम गर्न नसक्ने श्रेष्ठको जीकिर थियो ।

कार्यक्रममा मानव नागरीक संजालका संयोजक यवं अधिकारकर्मी सिताराम थापाले राजनितिक दल, सरकार र दातृ निकाय मिलेर पिडितलाई न्यय हैन भुलाउने काम गरेको पृष्ठभुमि राख्दै  उनिहरु बिरुद्द नै  पिडितले गर्ने अभियानमा निरन्तर सघाउने बताए। उल्लेखित भनाईहरु राख्नेमा अधिकारकर्मिहरु विकास पौडेल, गिता श्रीष, अञ्जु जिसी, पत्रकार महासंघका सचिव राम थापा, द्वन्द्व पीडित जशोदा शर्मा, पत्रकार तारानाथ आचार्य, बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष शिव सापकोटा लगायतले धारणा राखेका थिए ।  इक्वेल एक्सेसका जीवन लुइटेलले सहजिकरण गरेका कार्यक्रममा सञ्चालन इन्सेक प्रतिनिधि सिर्जना पन्तले गरेकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE